रवि लामिछानेलाई सांसदको शपथ लिने बाटो खुला, सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडाैं | पुस ६, २०७९
काठमाण्डौ: चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ ।
नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्थ्यो ।
लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उहाँको शपथमा रोक लगाउन माग गरेर सर्वोच्चमा रिट परेको थियो । अमेरिकाको नागरिकता प्राप्त गरेपछि लामिछानेको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको र पछि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिका लागि पुनः प्रक्रियामा जानुपर्नेमा खारेज भएकै नागरिकता प्रयोग गरेर दल गठन तथा सांसदका लागि उम्मेदवार बनेको आरोप रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

